Udayashree News

काश्मिरमा तनाब

काश्मिरमा तनाब

वैशाख ३ ,आईतबार
काश्मिर ,भारत – भारत प्रशासित काश्मिरमा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक युवकको ज्यान गएको छ । श्रीनगरको बटमालुमा भएको घटनामा सुरक्षाकर्मीको गोली लागेर २२ वर्षका सज्जाद अहमदको ज्यान गएको हो ।अहमदको ज्यान गएपछि त्यसक्षेत्रको अवस्था तनावग्रस्त भएको छ ।
          अहमदको ज्यान गएको तथा शनिबार सुरक्षाकर्मीको कारवाहीमा ५० छात्र घाइते भएको घटनाको विरोधमा आन्दोलनरत पक्षले बन्द आह्वान गरेका छन् । काश्मिरमा लामो समयदेखि तनाव हुँदै आएको छ । भारतीय सेनाले सर्वसाधारणमाथि ज्यादति गरेको भिडियो भाइरल भइरहेका बेला सुरक्षाकर्मीको गोली लागेर युवकको ज्यान गएपछि स्थिति थप तनावग्रस्त बनेको हो ।