Udayashree News

जर्मनीमा एन्जेला मर्केलको पुन चान्सलरमा नियुक्त हुने सम्भावना टर्यो

जर्मनीमा एन्जेला मर्केलको पुन चान्सलरमा नियुक्त हुने सम्भावना टर्यो

मंसिर ५, २०७४
जर्मनीमा गठबन्धन सरकार गठनका लागि भएको वार्ता भंग भएपछि एन्जेला मर्केलको पुनस् चान्सलरमा नियुक्त हुने सम्भावना टरेको छ । यससँगै युरोपको ठूलो अर्थतन्त्र जर्मनी नयाँ निर्वाचनोन्मुख भएको छ । खुला बजार पक्षधर मानिएको उदारवादी दल एफडीपीले गठबन्धन सरकारमा सामेल नहुने निर्णय लिएसँगै जर्मनीमा राजनीतिक संकट उत्पन्न भएको हो ।          उक्त दलसँग मिलेर सरकार गठनका लागि मर्केलले विगत चार सातादेखि वार्ता गर्दै आएकी थिइन् । एफडीपी नेता क्रिस्टेन लिन्डनरले गठबन्धनमा सामेल दलसँग ‘विश्वासको कुनै आधार’ नभएको जनाए । हाल गठबन्धनमा एन्जेला मर्केलको अनुदारवादी सीडीयूरसीएसयू द ग्रिन्स सामेल छन् ।

     अब के हुन्छ भन्ने कुरा अस्पष्ट छ तर मर्केलले राष्ट्रपति फ्रयांक वाल्टर स्टेनमियरलाई भेट्ने जनाइएको छ । जर्मन सञ्चारमाध्यमका अनुसार सम्भवतस् स्टेनमियरले नयाँ निर्वाचनको घोषणा गर्ने्छिन् । मर्केलले वार्ता भंग भएकोमा दुस्ख व्यक्त गरेकी छन् । उनले भनिन्, ‘यो जर्मनीमा कसरी अगाडि बढ्ने भन्ने कुरालाई गहिरो रूपमा प्रतिविम्बित गर्ने दिन हो । मर्केलले सरकार गठनका लागि गरेको प्रयास असफल भएको जानकारी दिन राष्ट्रपतिलाई भेट्न लागेको जनाएकी छन् ।