Udayashree News

फिलिपिन्समा क्रिसमस पर्व मनाउन गइरहेको वस आज दुर्घटनामा २० जनाको मृत्यु

फिलिपिन्समा क्रिसमस पर्व मनाउन गइरहेको वस आज  दुर्घटनामा २० जनाको मृत्यु

पुस ११ , मंगलबार
उत्तरी फिलिपिन्समा क्रिसमस पर्व मनाउन गइरहेको एउटा बस सोमबार दुर्घटना हुदाँ कम्तीमा २० जनाको मृत्यु भएको छ । क्रिसमस मनाउनका लागि गइरहेको एउटा संयुक्त परिवारका २० जना रहेको सो बस विपरीत दिशाबाट आएको अर्काे बससँग ठोक्किँदा सो दुर्घटना भएको हो । आगी सहरमा क्रिसमसको उपलक्षमा चर्चतर्फ गइरहेको सो सानो बसलाई ठूलो बसले ठक्कर दिएको प्रत्यक्षदर्शीले जनाएका छन् । सानो बसमा रहेका २० जनाको मृत्यु भएको हो ।
         यस घटनामा ज्यान गुमाउनेमा ६ बालबालिकासमेत रहेका छन । सानो बसका नौजना र ठूलो बसका १७ व्यक्ति घाइते भएका क्षेत्रीय प्रहरीले दिएको पछिल्लो जानकारीमा जनाइएको छ । फिलिपिन्सको आगी सहर राजधानी मनिलाबाट २ सय किलोमिटर उत्तरीतर्फ रहेको बताइएको छ । फिलिपिन्समा दावाओ सिटीमा शनिबार एउटा सपिङ मलमा भएको आगलागीमा परी ३७ जनाको मृत्यु भएको थियो ।