Udayashree News

भारतद्वारा अन्तरिक्षमा रकेट प्रक्षेपण

पुस २९ , शनिबार
एजेन्सी – भारतले ३१ ओटा भूउपग्रह बोकेको रकेट पहिलोपटक अन्तरिक्षमा प्रक्षेपण गरेको छ ।भारतीय अन्तरिक्ष अनुसन्धान संगठनले शुक्रबार ३१ ओटा भूउपग्रहसहितको पीएस्एल्वी–सी ४० नाम गरेको उक्त रकेट आन्ध्र प्रदेश राज्यको श्रीहरिकोटाबाट अन्तरिक्षतर्फ प्रक्षेपण गरेको हो ।’

        बीबीसी’का अनुसार गतवर्षको असफल प्रयासपछि भारतले पहिलोपटक अन्तरिक्षमा रकेट प्रक्षेपण गरेको छ । नक्सांकन र चित्रांकन गर्ने अन्तरिक्षयानसहितको उक्त रकेटमा अन्य ६ देशका भूउपग्रहहरू पनि छन् ।विशेषगरी पृथ्वीको अवलोकन गर्न अमेरिका, बेलायत, फ्रान्स, क्यानडा, दक्षिण कोरिया र फिनल्यान्डका भूउपग्रह बोकेर अन्तरिक्षतर्फ उक्त रकेट प्रक्षेपण गरिएको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।

       प्रक्षेपण लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलोपटक गरिएको सफल प्रक्षेपण भारतका लागि गौरवपूर्ण उपलब्धि भएको बताएका छन् । अघिल्लो वर्ष प्रक्षेपण गरिएको पीएसएलवी–सी ३९ नामक रकेट अन्तरिक्षमा पुग्न असफल भएको थियो ।