Udayashree News

रोहिंग्या म्यानमार फर्काउन बंगलादेशले नै पहल गर्नुपर्ने

रोहिंग्या  म्यानमार फर्काउन  बंगलादेशले नै पहल गर्नुपर्ने

७ भदौ ,बिहिबार
म्यानमारकी नेतृ आङसाङ सुचीले बंगलादेशको शरणमा रहेका रोहिंग्या मुस्लिमलाई म्यानमार फर्काउन बंगलादेशले नै पहल गर्नुपर्ने बताएकी छिन ।गत बर्ष रोहिग्या मुस्लिम म्यानमारका सैनिकको ज्यादतीका कारण बंगलादेश पलाएन भएका थिए ।उनीहरुलाई स्वदेश फर्काउने विषयमा म्यानमार र बंगलादेशबीच सम्झौता भएपनि कार्यन्वयन नहुँदा उनीहरु मारमा परेका छन ।सिंगापुर भ्रमणमा रहनुभएका नेतृ सुचीले रोहिंग्यालाई स्वदेश फर्काउन बंगलादेशले ढिलासुस्ती गरेको आरोप लगाए ।बंगलादेश शरणमा रहेका रोहिंग्याले भने स्वदेश फर्कनुअघि म्यानमारका सैनिकबाट सुरक्षाको सुनिश्चितता चाहिने बताएका छन ।