Udayashree News

सिरियामा हवाई कारबाहीमा परी कम्तीमा पनि २१ सर्वसाधारणको मृत्यु

सिरियामा हवाई कारबाहीमा परी कम्तीमा पनि २१ सर्वसाधारणको मृत्यु

पुस २४ ,सोमबार
सिरिया– सिरियाको उत्तरपश्चिमी प्रान्त इद्लिवमा विद्रोहीहरूको अखडालाई लक्षित गरेर गरिएको हवाई कारबाहीमा परी कम्तीमा पनि २१ सर्वसाधारणको मृत्यु भएको छ । यस आक्रमणमा मारिएकामा आठजना बालबालिकासमेत रहेका मानवअधिकारवादी समूहले सोमबार जनाएको छ । दक्षिणपूर्वी प्रान्तको सहर सिन्जारमा रुससँग आबद्ध हवाई कारबाहीमा मारिएक ती व्यक्तिहरू आठ बालबालिका र ११ जना भने एकै परिवारका सदस्य रहेका सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जानकारी दिएको छ ।
      सिरियाली सरकार र रुससँग आबद्ध हवाई आक्रमण सोमबार इद्लिवको कैयौं स्थानमा जारी रहेको बेलायतसँग आबद्ध मानवअधिकारवादी संस्था अब्जरभेटरीका प्रमुृख अब्देल रहमानले बताएका छन् । सिरियामा सन् २०११ को मार्च महिनाबाट सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो र सो गृहयुद्धमा आतंककारी समूह अल कायदा र आइएस हाबी हुँदै अएको छ । यस कारबाहीमा परी सो समयदेखि हालसम्म चार लाख २० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने हजारौं सर्वसाधारण र सुरक्षाकर्मीसमेत घाइते भएका छन् । यो गृहयुद्धका कारण यहाँका लाखौँ नागरिक देसभित्र र छिमेकी देसहरूमा विस्थापित भएर शरणार्थीका रूपमा जीवन बिताउन बाध्य भएका छन् ।