Udayashree News

दनुवार युवाहरु समुदायको कला संस्कृति संरक्षणमा जुट्दै

उदयश्रीन्युज सम्बाददाता
३१ जेठ ,शनिबार
कटारी /उदयपुरको कटारीका दनुवार युवाहरु समुदायको कला संस्कृति संरक्षणमा जुट्न थालेका छन् । भाषा साहित्य तथा समुदायको बेरोजगारी ,शिक्षा , स्वास्थ्य लगायतका क्षेत्रमा युवाहरुलाई उत्थान गर्ने उद्येश्यले कटारी ७ का युवाहरुले दनुवार युवा समूह गठन गरी यस क्षेत्रमा जुटेका हुन् ।
        कटारी ७ मा केन्द्रीय कार्यालय हुनेगरी जिल्ला भरमा संस्थाले दनुवार समुदायको काम गर्ने समूहका अध्यक्ष कपिल कुमार दनुवारले बताउनुभयो । हक अधिकार तथा मौलिक परम्परा संस्कारको संरक्षण र समुदायको विकासका लागि एक भएर काम गर्ने उद्येश्यले संस्थालाई जिल्ला प्रशासन कार्यालय उदयपुरमा दर्ता समेत गरी उनीहरु वैधानिक रुपमै जुटेका हुन् ।
       जातिय भेषभुषा तथा रितिरिवाज जोगाउनु युवा पुस्ताको जिम्मेवारी भएकाले सामूहिक रुपमै अघि बढेको संस्थाका सचिव विनोद दनुवारले बताउनुभयो । ११ जना संस्थापक युवाहरुले दनुवार युवा समूह गठन र दर्ता गरी एकजुट भएर समुदायको हितमा काम गर्ने लक्ष्य लिएका हुन् ।