Udayashree News

यम बरालको स्वरमा पुष्कर बरालको गजल गीत सार्वजनिक

उदयश्रीन्युज सम्बाददाता
६ , चैत्र , बिहिबार
लोकप्रिय गायक यम बरालको स्वरमा गजलकार पुष्कर बरालको गजल गीत सार्वजनिक भएको छ । अमेरिका बस्दै आएका ताप्लेजुङ्गका पुष्कर बरालको गजल ‘हलचल जिन्दगीमा...’ सार्बजनिक भएको हो ।
      न्यूयोर्कमा छायाकंन गरिएको म्यूजिक भिडियोमा नायिका केकी अधिकारी, गजलकार पुष्कर बराल लगायतले अभिनय गरेका छन् । भिडियोको बिक्की पुलामी मगरले निर्देशन गरेका छन् भने प्रज्वल पन्तको छायांकन रहेको छ ।