Udayashree News

समूह युथ्स अफ कटारीको आयोजनामा कटारी ट्यालेन्ट हन्ट २०२० सम्पन्न

उदयश्रीन्युज सम्बाददाता
साउन २८ , बुधबार
कटारी /उदयपुरको कटारीका युवाहरुको समूह युथ्स अफ कटारीले सामाजिक संञ्जाल मार्पmत आयोजना गरेको अनलाईन प्रतिभा प्रतियोगिता कटारी ट्यालेन्ट हन्ट २०२० मा १ सय ४२ ले प्रतिष्पर्धा गरेका छन् । आज अन्र्तराष्ट्रिय युवा दिवशको अवसरमा प्रतिष्पर्धामा विजेताहरुलाई पुरस्कार प्रदान गरिएको छ ।
       युवाहरुको समूह युथ्स अफ कटारीको सामाजिक संञ्जाल फेसबुक पेज मार्पmत यहि साउन २६ गते सम्म सबैखाले प्रतिभा पठाउन र प्रतिष्पर्धामा सहभागी हुन फेसबुक पेज मार्पmत नै आग्रह गरेको थियो । नेपाल विद्यार्थी संघ नेविसंघको सहयोगमा आयोजित प्रतिष्पर्धाका विजेताहरुलाई आज अन्तर्राष्ट्रिय युवा दिवशको अवसरमा पुरस्कार प्रदान गरिएको हो ।
    युवाहरुको प्रतिभालाई कसरी उजागर गर्न अहिलेको समयमा सामाजिक संञ्जाल मार्पmत गरिएको प्रतिष्पर्धामा धेरैले सहभागिता जनाएकोमा खुसी लागेको नेविसंघका केन्द्रिय सदस्य मिरा कटुवालले बताउनुभयो । प्रतिष्पधामा प्रथम विजेता ईशा राईले नगद ५ हजार १ सय ५ , दोस्रो शिवम साहले ३ हजार १ सय ५ तेस्रो प्रश्ना सुवेदीले १ हजार १ सय ५ र साथमा आकर्षक पुरष्कार पाएका छन् ।
      त्यसैगरी उत्कृष्ट १० मा अस्मिता थापा ,अनिल पौडेल , लक्ष्मी राई ,आशिष विश्वकर्मा ,सिदार्थ उप्रेती ,नमुना खड्का ,र दिपेश बराईलीलाई पनि आकर्षक पुरष्कार प्रदान गरिएको छ । प्रथम पुरष्कार तरुण दलका उदयपुर सभापति सहदेव खड्का , दोस्रो पुरष्कार लामा कन्ट्रक्सनका अमर लामा र तेस्रो पुरष्कार र आकर्षक पुरष्कारहरु नेपाल विद्यार्थी संघ नेविसंघका केन्द्रिय सदस्य मिरा कटुवालले उपलब्ध गराउनुभएको थियो । उदयपुर उद्योग वाणिज्य संघको हलमा सम्पन्न कार्यक्रममा संघका अध्यक्ष पुष्कर खड्काले पुरष्कृतहरुलाई पुरष्कार वितरण गर्नुभयो ।