Udayashree News

साहित्यकार दिल पौडेलले ल्याए काउसो जुन हाइकु संङ्ग्रह

ऋषि राई
२६ ,भदौ , शुक्रबार
कटारी /साहित्यकार दिल पौडेलले पाठकमाझ नयाँ हाइकु संङ्ग्रह काउसो जुन ल्याएका छन् । सिन्धुलीको दुधौलीका पौडेल ललितपुरमा रहेर साहित्य सृजना गरिरहनुभएको छ । दुधौली प्रज्ञा प्रतिष्ठानका अध्यक्ष समेत रहनुभएका पौडेलको हाइकु संङ्ग्रहमा ४ सय ७९ हाईकुका साथै पुर्पक्ष मन सेन्युसंङ्ग्रह समेत समावेश गरिएको छ ।
      समसामयिक विषयमाथिको व्यङ्यका साथै ग्रामिण जनजीवनमा आधारित हाइकु र सेन्यु संङ्ग्रहमा रहेका छन् । संङ्ग्रहमाथि डा.धनप्रसाद सुवेदी , डा.यज्ञेश्वर निरौला , दीनदयाल रेग्मी र चेतनाथ धमलाले समिक्षा गरेका छन् । संङ्ग्रह एउटा महत्वपूर्ण कृती रहेको डा.धनप्रसाद सुवेदीले लेखेका छन् भने निरौलाले हाइकु उच्च कोटीको रहेको समिक्षा गरेका छन् ।
     प्रकाशक सुमिता पौडेलका अनुसार काउसो जुन असार १५ देखि साउन १५ एकमहिनाको मेहनतको कृती हो । लकडाउनका समयमा कृती लेख्ने चाहना भएपनि उक्त समयमा अध्ययनमा लाग्नुभएका पौडेलले त्यसपछी निजामति सेवाबाट निस्किएको बाँकी समयको उपलब्धि नै काउसो जुन हो ।
     हाइकु र सेन्यु जस्ता विधाहरुलाई नेपाली साहित्यमा नयाँ आयामका साथ पौडेलले पाठकमाझ यो कृती ल्याउनुभएको छ । कोरोना संक्रमणका कारण बाहिर निस्किन गाह्रो भएको समयमा एकै वसाईमा वसेर प्रष्ट बुझिने साहित्यका रुपमा यो कृतीलाई पाठकहरुले लिन सक्नेछन् ।