Udayashree News

कटारीमा कोरोना युद्ध ः फितलो तयारी

ऋषि राई /रेनु पराजुली
६ वैशाख , शनिबार
कटारी /त्रियुगा नगरपालिकाको भूल्केको मस्जिदमा रहेका १२ जनामा शुक्रबार कोरोना पुष्टिभएसँगै त्यसको तरङ्ग कटारी पनि आईपुगेको छ । पुष्टि हुनु अगावैदेखि कटारीमा पनि भारतिय मूलका नागरिकहरु भित्रिएको आशंकामा स्थानीय त्रसित भएको सामाजिक संञ्जालहरुमा आउने गरेको थियो ।
         विश्वलाई तहसनहस बनाईरहेको कोरोना कोभिड १९ बाट बच्नका लागि देश लकडाउनमा छ । सबै स्थानीय सरकारहरुले आ आप्mनो तयारी तिब्र बनाईरहेका छन् प्रदेश र केन्द्र सरकार समेत यसलाई नियन्त्रणमा ल्याउन पहल गरिरहेको छ ।
प्रदेश क्वारेन्टाईनको भर
यस्तो अवस्थामा आसपासका स्थानीय तहहरुको तुलनामा कटारी नगरपालिकाले प्रभावकारी काम गर्न नसकेको आलोचना हुन थालेको छ । अधिकांस स्थानीय तहले आप्mनै क्वारेन्टाईन स्थल निर्माण गर्दा कटारी नगरपालिका प्रदेशले निर्माण गरेको कटारी १ बेलसोतको क्वारेन्टाईनमा भर परिरहेको छ ।
       त्यो क्वारेन्टाईनमा राखिएका मानिसलाई स्थानीय निकायले व्यहोर्ने गरी पत्र आएको नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले बताउनुभयो । २ सय वेडको क्वारेन्टाईन स्थानीय निकाय समेतको रहेको उहाँले बताउनुभयो । ‘त्यो एकान्त भएकाले त्यसैलाई प्राथमिकता दिएका छौं , त्यसको आर्थिक भर नगरपालिकाले नै लिएको छ ।’
          तर कटारी नगरपालिकाले आप्mनै क्वारेन्टाईन बनाउने र अन्यत्रबाट आएका कटारीबासीहरुलाई क्वारेन्टाईनमा राख्ने , परिक्षण गर्ने निगरानि नगराउने हो भने नगरवासीले नगरको तयारी फितलो नै देखिन्छ । प्रदेशको भरसँगै स्थानीय तहसमेत भोलि देखि सम्भावित समस्याबाट पहिले नै तयारी हुनुपर्ने देखिन्छ ।
मस्जिदसँग डराए स्थानीय
भूल्केमा मस्जिदमा लुकेर बसेकाहरुमा कोरोना पुष्टि भएपछी कटारीका स्थानीयको मनमा समेत चिसो पसेको छ । सामाजिक संञ्जाल प्रयोगकर्ताहरुले मस्जिदलाई शिल गरेर वास्तविकता बाहिर ल्याउनुपर्ने माग गरिरहेका छन् ।
           ईलाका प्रशासन कार्यालय कटारीले लकडाउनको पहिलो दिनदेखि विभिन्न व्यवसायीलाई अत्यवश्यक सामान ढुवानी गर्ने नाममा दिएको पासको दुरुपयोग भएपछी कटारीमा कहाँका कति भित्रिए यकिन भन्न सक्ने अवस्था नभएका कारण स्थानीय डराएका छन् । तरकारी बोक्ने सवारीले अपरिचित मानिस कटारी ल्याएर छोडेको र तिनिहरुको पहिचान नभएकाले कतै भूल्केमा जस्तै लुकाएर राखिएको त छैन् भन्ने डरले कटारीबासी त्राहिमाम बनेका छन् ।
          कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले भने भ्रमपूर्ण रहेको बताउनुभयो । ‘ मस्जिद व्यवस्थापनका साथीहरुसँग कुरा गरियो र अनुगमन पनि गर्यौं यो आशंका निराकरण गर्दैै यो लडाई हामी सबैको भएकाले स्थानीय सरकारलाई जानकारी गराउँछौं भनेका छन् ।’तरकारी बोक्ने गाडीले ल्याएर छोडेको मानिस कटारीका व्यापारी चुन्ना खाँको काठमाडौंको भाई रहेको मेयर श्रेष्ठले बताउनुभयो ।  स्थानीयले समुदायलाई आक्षेप लगाउने गरी नभई सचेत रहनेगरी उनीहरुको चेकजाँच गर्नुपर्ने निगरानीमा राख्नुपर्ने बताउँदै आएपनि उक्त काम समेत प्रभावकारी नभएको बताईरहेका छन् ।
नगर नाका खुल्लाहुँदा तथ्याङ्क बिहिन
लकडाउन सुरु भएपछी कटारी नगरपालिकाको नाकाहरुबाट कति आए कति गए अभिलेख छैन् । कटारीमा मिर्चैया , दुधौली ,घुर्मी नेपालटार नाकाबाट कति आउजाउ गरे कति भित्रिए यकित तथ्याङ्कमा नगरले ध्यान पुराउन सकेको छैन् ।नगरका मेयर श्रेष्ठले विचल्ली परेकाहरुलाई आ आप्mनै स्थानीय सरकारले गन्तब्यमा पुराउन भने सहयोग गर्ने बताउँदै खाजा ख्वाएर पठाउने तयारी भएको बताउनुभयो । कटारीमा भारतिय लगायतका अन्य नागरिकहरुको आउजाउ लकडाउनमा भयो भएन यकिन भन्न सक्ने अवस्था छैन् ।
सर्वदलिय बैठकको निर्णय जनअपेक्षा विपरित
कोरोनाको संक्रमण जिल्लामा बढेपछी आजको सर्वदलिय बैठकले नगरको नाका शिल गर्ने , मस्जिद शिल गर्ने आवश्यक चर्च मठ मन्दिर शिल गर्ने र लकडाउनलाई कडाई गर्ने आशा राखेको स्थानीयको भनाई थियो । तर सर्वदलिय वैठकले नगरवासी सामाजिक संञ्जाल प्रयोगकर्ताहरुले स्टाटस लेखेजस्तो निर्णय गर्न सकेन ।
       वैठकले राष्ट्रिय राजमार्गमा पहाडी जिल्लाका लागि पहाड जाने सवारी आउजाउ गर्न दिने तर कटारीमा आउने खाद्यान्न भने १५ वैशाख सम्म बन्द गर्ने निर्णयमा पुगेको मेयर श्रेष्ठले बताउनुभयो । तराईका जिल्लाबाट आउने तरकारीहरु पनि १५ गतेसम्म बन्द गर्ने निर्णय भएको बताउनुभयो । संक्रमण भएको जिल्लाहरुबाट खाद्यान्न ल्याउन बन्द गर्ने निर्णय भएको मेयर श्रेष्ठले बताउनुभयो ।
के भन्छ सुरक्षा निकाय ?
ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी प्रेमसागर केसीले भुल्केमा कोरोना देखिएपछी के प्रभाव छ कटारीमा भन्ने प्रश्नमा ‘त्यहि प्रभावका कारण नगरको वैठकले बाहिरबाट ल्याउने खाद्यान नलाउने लगायतका निर्णय भएको हो ’उहाँले थप्नुभयो –‘मस्जिदहरु हेरिसक्यौं चेकजाँच गर्यों यहाँको सवालमा वाहिरबाट आएकालाई चेकजाँच गर्छौं ’दिउँसो १ देखि ४ बजेसम्मको बन्दका लागि भने यस विषयमा कसैले कुरा नउठाएको डिएसपी केसीले बताउनुभयो ।
राहतमा असन्तुष्टि
नगरले लकडाउनको पहिलो चरणदेखि नै दैनिक ज्याला मजदुरी र न्युन आय भएकाहरुलाई राहत वितरण गरिरहेको छ । तर जति राहत वितरण बढ्दै जान्छ झनै असन्तुष्टि बढिरहेका छन् । आर्थिक अवस्था कमजोर भएकाले भन्दा पनि आर्थिक अवस्था बलियो भएकाहरुले राहत लिए भन्ने चर्चा कटारीमा छ । वडा नम्बर २ ले राहत पाउनेको बिवरण वडाध्यक्ष प्रेम थापाले सार्वजनिक गरेपनि अन्यले सार्वजनिक गर्न सकेका छैनन् । जसले सार्वजनिक गरेनन र बाँडिरहे त्यहाँ आप्mना मातहतका मतदाता र आफन्तलाई वडाध्यक्षले लगिदिए भन्ने छ ।
       आर्थिकस्तर उक्सेकाहरुलाई वडाध्यक्षले लगेर दिए भन्ने आरोप छ जसको बिवरण नामावली न नगरले सार्वजनिक गर्न सक्यो न वडाले यसर्थमा पनि यसमा आशंका गर्ने प्रशस्त ठाउँ छ । मापदण्ड बमोजिमको राहत नभएको , मापदण्ड बमोजिम वितरण नगरेकोसँगै दैनिक नामावली सार्वजनिक नगर्नुले दालमा केहि कालो हो कि भन्ने शंका गर्ने प्रशस्त ठाउँ छ ।
बजारभरी हल्लै हल्ला
अत्यवश्यक किनमेलका लागि दिउँसो असरल्ल मानिस हिंड्ने कटारी बजारमा हल्ला पनि उत्तिकै हिंडेको छ । दिनदुईगुना रात ४ गुना कटारीमा कोरोना पक्का लागेको मानिस छन् भन्ने हल्ला प्रशस्त छ । यस्ता हल्लालाई चिरेर अगाढी बढ्न सम्बन्धित निकाय असफल छ । प्रभावकारी नीति , आवश्यक परिक्षण र मानिसमा लकडाउन पालना गर्नुपर्छ भन्ने चेतना नहुनुले कटारीमा कोरोना आउन सक्दैन भन्ने यकिन गर्न सक्ने अवस्था छैन् ।
     हल्लाको पराकाष्ठा यहाँ पुगेको छ कि गएको चैत्र २८ मा कटारी अस्पत्तालको लेटरप्याडमा अस्पत्तालकै कर्मचारीमा कोरोना पैmलिएको हल्ला निराधार भएको जानकारी गराईएको थियो । यो जानकारीले अस्पत्तालमा जाने विरामीको मनमा झन आशंका प्रवेश गरेको छ ।
       एकातिर सुरु देखि नै कटारी नगरका स्वास्थ्यकर्मीहरुसँग माक्स , ग्लोब समेत नभएका कारण उपचार गर्न सक्ने अवस्था नभएको उनीहरुले बताउँदै आएका छन् । कटारी अस्पत्तालले सहायता कक्ष राखेको कटारी अस्पत्तालमा एउटा उच्च ज्वरोका विरामी आउँदा भएका सबै स्वास्थ्यकर्मी भाग्ने अवस्था छ । जहाँ आवश्यक चिकित्सक समेत अभाव छ ।
        यिनै हल्लाका र फितलो तयारीका वीचमा भोलि कटारीमा भूल्केको जस्तै भयो भने आपतकालिन अवस्था आउन सक्छ त्यसका लागि वेलैमा सचेत हुँदै घरभित्रै वस्ने र लकडाउनको पालना गर्ने नगरवासीको दायित्व हुन आउँछ भने आवश्यक तयारी र प्रदेश केन्द्रसँगको समन्वय स्थानीय सरकारले गरिहाल्नुपर्ने काम हुन आउँछ । त्यसका लागि देखावटी चर्चाभन्दापनि ठोस काम र प्रभावकारी रुपमा सरोकारवालाहरु लाग्नु आवश्यक छ ।