Udayashree News

कटारी नगरपालिकामा पिपिआर खोप सप्ताहा सुरु

उदयश्रीन्युज सम्बाददाता
आईतबार २६ माघ
कटारी – कटारी नगरपालिकाको वडा नम्बर ५ मा आज नगरपालिकाका उपप्रमुख उपमेयर भिमकुमारी राउतले पिपिआर , खोरेत , स्वाईन फिवर र रानिखेत खोपको उदघाटन गर्नुभएको छ । कटारी नगरपालिका पशु सेवा शाखाको आयोजना र भेटनरी अस्पत्ताल तथा पशु सेवा विज्ञ केन्द्र गाईघाटको समन्वयमा शिविर सुरु भएको शाखाका प्राविधिक कार्कीले बताउनुभयो ।
       कार्कीका अनुसार आजदेखि फागुन ३ सम्म नगरका वडाहरुमा बाख्रालाई पिपिआर खोप लगाउने कार्यक्रम रहेको छ । त्यसपछी क्रमश गाईभैंसीलाई खोरेत ,कुखुरालाई रानीखेत बंगुरलाई स्वाईन प्mलु , को खोप लगाउने कार्यक्रम वैशाख ३ सम्म जारी रहने पनि कार्कीले बताउनुभयो ।