Udayashree News

कृषिमा आकर्षित गर्न समूह दर्ता शुल्कमा भारी कटौती

उदयश्रीन्युज सम्बाददाता
३ भदौ , आईतबार
कटारी/उदयपुरको कटारी नगरपालिकाले कृषि समुह तथा फर्महरु दर्ता तथा नविकरण शुल्क कटौति गरेको छ । विगतमा लिईदै आएको १५ सय बाट घटाएर १ सय ६० कायम गरिएको नगरपालिका प्रबक्ता कृष्णराज दनुवारले बताउनुभयो । नगरका स्थानियहरुलाई कृषि पेसामा आकर्षित गर्ने र कृषिबाटै स्वरोजगार बनाउने उदेश्यले अन्य व्यवसायको तुलनामा कृषि व्यवसाय दर्ता तथा नविकरण दस्तुरमा छुट गरिएको प्रबक्ता दनुवारको भनाई छ । कृषि पेसामा सरकारले अनुदान तथा छुटको व्यवस्था गरे पनि व्यवसाय दर्तामा भने समान शुल्कलिने गरेको छ । कटारी नगरपालिकाले भने सबै प्रकृया पुरा गरे दर्ता बापत १ सय ५० र दस रुपैया निवेदन दस्तुर लिने जनाएको छ ।