Udayashree News

पmौजी किराको प्रकोप बढेपछि कृषक चिन्तित

उदयश्रीन्युज सम्बाददाता
२ वैशाख , मंगलबार
कटारी / उदयपुर जिल्लामा कृषकले लगाएको बालीमा देखिएको फौजी किराले कृषक चिन्तित बनेका छन । कृषकले लगाएको हिउँदे मकै तथा तरकारी बालीमा फौजी किराले आक्रमण गरेर क्षति पुर्याउन थाले पछि कृषक चिन्तित बनेका हुन ।
        किराको आक्रमण बाट कृषकको मकै , तरकारी बाली पूर्ण रुपमा क्षति पुगेको छ । डाले घाँसहरुमा समेत किराले आक्रमण गरेपछी पशुपालन गर्ने कृषकहरुलाई समेत समस्या परेको छ । मकैको बिरुवामा नै फौजी किराको आक्रमणले सखापहुने अवस्था रहेको कटारी नगरपालिका ४ का कृषक ज्ञानेन्द्र कोइरालाले बताए । ‘यसको आक्रमणले मकैबाली नष्ट हुने अवस्था छ । ’ कोइरालाले भने ।
        फौजी किराको प्रकोप बढेपछि मकैबाली सखाप हुने अवस्थामा छ । यस भेगमा फौजी किराको प्रकोप बढ्दो छ । तीन साताअघि सुरु भएको फौजी किराको प्रकोप नियन्त्रणमा आउन सकेको छैन । नियन्त्रणमा आउनुको सट्टा झन फैलिँदै गएको कटारी नगरपालिका वडा नम्वर १४ का वडाध्यक्ष तेज बहादुर आले मगरले बताए ।
        उदयपुर जिल्लाको पहाडी क्षेत्रमा लगाइएको सयौं हेक्टर मकैको बिरुवा बोटमै मर्ने गरी किराले सखाप पारेको छ । मकैको गुबोभित्र पसेर कलिला पात खाने गरेका छन् । किराको प्रकोप नियन्त्रण गर्न कृषि ज्ञान केन्द्रको प्राविधिक टोलीले स्थलगत अनुगमन गरेर फौजी किरा हो भन्ने यकिन गरेको कृषि ज्ञान केन्द्रका प्रमुख नरनाथ रेग्मीले बताए ।‘केहि मात्रामा विषादी समेत उपलब्ध गराएको भए पनि त्यतिले मात्र नपुग्ने भएकाले स्थानियतहहरुलाई समेत औषधि खरिदको लागि अनुरोध गरेका छौ ।’ रेग्मीले भने ।
         कोरोनाको कारण भएको लकडाउनले गर्दा किरा नियन्त्रणका लागि विषादीसहितको प्राविधिक टोली गाउँमा खटाउन समस्या भएको पनि रेग्मीले बताए । फौजीको किराले घाँस तथा मकैको गुवा तथा पातनैसमेत खाने गरेको छ । कोरोना संक्रमणबाट खाद्यान्न अभाव हुने संकेत देखिएकाबेला आप्mनै उत्पादनमा समेत किरालागेपछी कृषक चिन्तित बनेका छन् ।