Udayashree News

लकडाउनमा उत्पादन बजार पुराउने व्यवस्था मिलाउन कृषकहरुको माग

उदयश्रीन्युज सम्बाददाता
२१ चैत्र , शुक्रबार
कटारी /उदयपुरका कृषकहरुले उत्पादनलाई बजारसम्म पुराउने व्यवस्थाका लागि तहगत सरकारसँग आग्रह गरेका छन् । राष्ट्रिय कृषक समूह , महासंघ नेपालको जिल्ला कार्यसमिति उदयपुरले बिहिबार एक विज्ञप्ति जारी गर्दै उत्पादक किसानका वस्तुले बजार नपाउने र उपभोक्ताले खरिद गर्न नपाउने अवस्था रहेको उल्लेख गरेको छ ।
        महासंघको उदयपुर शाखा अध्यक्ष कुशल राउतद्वारा हस्ताक्षरित विज्ञप्तिमा लकडाउनले किसानहरुको तरकारी कुहिएर खेर गईरहेको उल्लेख गरिएको छ । विज्ञप्तिमा स्थानीय सरकारहरुले किसानलाई प्रोत्साहन गर्दै उत्पादनलाई बजारसम्म पुराउने अवस्थाको सिर्जना गर्न पनि माग गरिएको छ ।
     तरकारीजन्य उपभोग्य वस्तुको नियमित आपुर्तीका लागि योजनाबद्ध रुपमा बढ्न पनि महासंघले सबै तहका तहगत सरकारहरुसँग जोडदार माग गरेको छ । यद्यपि महासंघले सरकारले घोषणा गरेको लकडाउन सफल पार्न सहयोग गर्नु सबैको दायित्व रहेको पनि जनाएको छ ।