Udayashree News

कटारीमा जीमखाना उदघाटन , कटारीमै जीम गर्न सकिने

उदयश्रीन्युज सम्बाददाता
२० असार , शनिबार
कटारी /उदयपुरको कटारीमा आज व्यायामशाला (जीमखाना)को उदघाटन गरिएको छ । कटारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठ व्यायामशालाको उद्धघाटन गरे सँगै सर्वसाधारणले साँझ र विहान दुवै समयमा आफनो अनुकुल व्यायाम गर्न सक्ने भएको छ ।
      कटारी नगरपालिकाले स्वास्थ्य नागरिकको परिकल्पनासहित शुरू गरेको ब्यायमशाला नगरपालिकाले ५ लाखको सामग्री खरीद गरीदिए सँगै बाट बिधिवतरुपमा उद्धघाटन गरिएको साथी समूहका अध्यक्ष मान बहादुर तामांगले बताउनुभयो । अध्यक्ष तामांगका अनुसार तत्काल बार वेल्ड स्टयान्ड एक थान,मल्टीफंसन मेसिन एक थान,ट्रेड मिल एक थान, २.५ केजी देखी २० केजी सम्मका डम्बल, वारवेल रोड दुई थान, मल्टी बेन्च एक थान सामान नगरपालिकाले दिएको पाँच लाखले खरीद गरेको अध्यक्ष तामांगले जानकारी दिनुभयो।
        कटारीमा रहेको खेलकुद भवन विभिन्न प्रकारका जिम(व्यायाम)का सामानहरु छन् । अहिले प्रशिक्षकको रुपमा दीपक तामांग र हरीश क्षेत्रीले प्रशिक्षण दिने गरी ब्यबस्था समेत मिलाएको छ। स्वास्थ्य नागरिकको अभियानलाई सार्थकता दिन यो व्यायामको लागी नगरपालिकाले सहयोग गरेको नगर प्रमुख श्रेष्ठले बताउनु भयो।