Udayashree News

कटारीका व्यवसायी अम्बर श्रेष्ठद्वारा प्रेस एप्रोन प्रदान

उदयश्रीन्युज सम्बाददाता
३० साउन , शुक्रबार
कटारी /उदयपुरको कटारीका व्यवसायी अम्बर श्रेष्ठले कटारी र दुधौलीमा कार्यरत पत्रकारहरुका लागि १५ थान प्रेस एप्रोन सहयोग गर्नुभएको छ । आज व्यवसायी श्रेष्ठले उक्त प्रेस एप्रोन कटारी पत्रकार समाजका संयोजक ऋषि राईलाई हस्तान्तरण गर्नुभएको थियो ।

      समाचार संकलन र कार्यक्षेत्रमा काम गर्नका लागि एप्रोनले थप सहज र हौसला प्रदान गर्ने भन्दै व्यवसायी श्रेष्ठलाई समाजका संयोजक राईले धन्यवाद दिनुभयो । कटारी स्थित युके एफ एम १०६.८ मेगाहर्जको समन्वयमा श्रेष्ठले एप्रोन उपलब्ध गराउनुभएको एफ एमका प्रवन्ध निर्देशक अस्मित पौडेलले बताउनुभयो ।एफ एमको कार्यालय परिसरमा उपस्थित पत्रकारहरुलाई प्राप्त एप्रोन वितरण समेत गरिएको थियो ।