Udayashree News

कटारीको माछापुच्छ«े होलिडे ईन बन्यो २ तारे होटल

उदयश्रीन्युज सम्बाददाता
१७ मंसिर , मंगलबार
कटारी /उदयपुरको कटारी नगरपालिका ३ मा रहेको माछापुच्छ«े होलिडे ईन होटल ४ जिल्लाकै उत्कृष्ट होटल बनेको छ । खाद्य प्रविधि गुण नियन्त्रण डिभिजन कार्यालय उदयपुरको अनुगमनको नतिजा अनुसार होलिडे ईनले कार्यालयको मातहतमा रहेको सोलुखुम्बु , ओखलढुंगा , खोटाङ्ग , र उदयपुर गरी ४ जिल्लाकै उत्कृष्ट हुँदै २ तारा पाएको छ ।
          आज होटललाई कार्यालयका प्रमुख रमेश दाहालका साथै प्रदेश एकका प्रदेश सभा सदस्य कला घलेले २ ताराको स्टिकर प्रदान गरेका थिए । कार्यालय प्रमुख दाहालका अनुसार ‘ख’ वर्गको श्रेणी प्राप्त गर्दै ४ जिल्लाको उत्तम होटल भएको हो । अनुगमनमा राखिएका ५० मापदण्डमा होलिडे ईनले ८७ नम्बर प्राप्त गरी ‘ख ’वर्ग प्राप्त गरेको छ ।
          यो होटल स्तरीकरणको अभियानले नेपाल भ्रमण वर्ष २०२०लाई पनि सकारात्मक सहयोग गर्ने बताउँदै दाहालले कटारीमा आउने पर्यटकलाई होलिडे ईनले राम्रो सेवा दिने विश्वास लिएको पनि बताउनुभयो । ‘यसले पर्यटकहरुलाई पनि राम्रो शन्देस जान्छ ।’दाहालले भन्नुभयो –‘हामी होटलको अनुगमन र स्तरीकरण गरिरहेका छौं ।’ अनुगमनको काम जारी रहेको ईलाका प्रशासन कार्यालय कटारीका प्रमुख सुनिल पौडेलले बताउनुभयो ।
          अनुगमनमा उदयपुर उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर खड्का , नगरपालिकाका प्रतिनिधि , संञ्चारकर्मी लगायतको सहभागिता थियो । टोलीले कटारीमा अनुगमनलाई जारी राखेको छ । होलिडे ईन होटलको केहि महिना अघि कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले उदघाटन गर्नुभएको थियो ।होटल संञ्चालक शुरेस क्याप्छाकी मगरले २५ वर्षको होटल संञ्चालको अनुभवपछी होलिडे ईन संञ्चालनमा ल्याउनुभएको हो ।