Udayashree News

कटारीको सिमसारमा आन्तरिक पर्यटकको चहल पहल बढ्दै

उदयश्रीन्युज सम्बाददाता
११ फागुन ,आईतबार
कटारी /उदयपुरको कटारी नगरपालिका ५ सिसाघारी स्थित सामुदायिक वन उपभोक्ता समूहको पहलमा निर्माण गरिएको सिमसार क्षेत्रमा आन्तरिक पर्यटकको चहल पहल बढ्न थालेको छ । समूहले पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै आन्तरिक र वाह््य पर्यटन भित्राउन सिमसार क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा विकास अभियान थालेको छ । समूहका सचिव दिलबहादुर अधिकारीका अनुसार डिभिजन बन कार्यालय त्रिवेणीबाट पर्यावरण तर्पmको ६० हजार र वृक्षारोपण बापत उपभोक्ताहरुले वृक्षारोपण गरेर बचाएको १ लाख बाट सिमसार क्षेत्र निर्माण गरिएको थियो ।
       समूहका अध्यक्ष विष्णुबहादुर खड्काले सबैको सहयोग लिएर व्यवस्थित बनाउने कार्य जारी रहेको बताउनुभयो । स्थानीय खेमराज कटुवालले ओझेलमा परेको गाईवस्तु चरण अव्यवस्थित स्थानलाई पर्यटकिय क्षेत्रका रुपमा अघि बढाउन लागि परेको बताउनुभयो । सिमसार क्षेत्रलाई विकास गर्नका लागि हाल यहि फागुन १३ गतेदेखि श्रीमदभागवत धान्यान्चल सप्ताहा ज्ञान महायज्ञको पनि तयारी भईरहेको छ ।

     सिमसारमा कटारी र आसपासका सबैलाई सहभागी भई सहयोग गर्न महायज्ञ मुल समारोहका सदस्य तथा उदयपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष मुना कटुवालले बताउनुभयो । महायज्ञबाट संकलित रकम सिमसार क्षेत्रको विकासका लागि खर्च गरिनेछ । सिमसार क्षेत्रमा डुङ्गा संञ्चालन , मन्दिर निर्माण लगायतका संरचना निर्माण गरिनेछ । हाल कटारी आसपासबाट दैनिक जसो आन्तरिक पर्यटक उक्त सिमसार क्षेत्रमा पुग्ने गरेका छन् ।