Udayashree News

कटारीमा नयाँ सिमसार क्षेत्रलाई पर्यटकिय क्षेत्र बनाईने

उदयश्रीन्युज सम्बाददाता
१९ , माघ , आईतबार
कटारी | उदयपुरको कटारी नगरपालिका ५ सिसाघारीमा सामुदायिक वन उपभोक्ता समूहको पहलमा सिमसार क्षेत्र निर्माण गरिएको छ । समूहले पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै आन्तरिक र वाह््य पर्यटन भित्राउन सिमसार क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने भएको छ ।
       आईतबार विश्व सिमसार दिवशको अवसर पारेर एक कार्यक्रम गर्दै समूहले सिमसार क्षेत्रको विकासका लागि सिमसार क्षेत्रमा बोट संञ्चालन गर्ने तथा विभिन्न संरचना निर्माण गरी पर्यटकिय क्षेत्र निर्माण गर्ने समूहले जनाएको छ । समूहका सचिव दिलबहादुर अधिकारीका अनुसार डिभिजन बन कार्यालय त्रिवेणीबाट पर्यावरणको तर्पmको ६० हजार र वृक्षारोपण बापत उपभोक्ताहरुले वृक्षारोपण गरेबराबरको १ लाख बाट सिमसार क्षेत्र निर्माण गरिएको हो ।
       सिमसार दिवशको अवसरमा सम्पन्न कार्यक्रममा वोल्दै डिभिजन बन कार्यालय त्रिवेणी कटारीका प्रमुख बन अधिकृत उपेन्द्र पटेलले सिमसार क्षेत्रका लागि १० वर्षे योजना बनाउँदै व्यवस्थित बनाउने बताए । समूहका अध्यक्ष विष्णुबहादुर खड्काले सबैको सहयोग लिएर व्यवस्थित बनाउने बताए । स्थानीय खेमराज कटुवालले ओझेलमा परेको गाईवस्तु चरण अव्यवस्थित स्थानलाई पर्यटकिय क्षेत्रका रुपमा अघि बढाउन लागि परेको बताए ।
       स्थानीय तथा प्रदेश सरकारले यसलाई विशेष महत्वमा राखेर अघि बढे यसको विकासमा सहयोग पुग्ने स्थानीयले बताए । वन वातावरण र जैविक विविधताको संरक्षण गरौं ,सिमसार तथा पर्यापर्यटन क्षेत्रको विकास गर्दै सामुदायिक बनलाई सवल र समृद्ध बनाऔं भन्ने नाराका साथमा विश्व सिमसार दिवश मनाईएको हो । स्थानीयको पहलमा गाईचरण क्षेत्रलाई व्यवस्थित गर्दै सिमसार क्षेत्र निर्माण गरिएको उपभोक्ताहरुले बताएका छन् ।