Udayashree News

कटारीमा बिजुली पिलिक्क आउने झिलिक्क जाने गर्दा सेवाग्राही समस्यामा

ऋषि राई
२६ असार , शुक्रबार
कटारी /उदयपुरको कटारीमा केहिदिनदेखि अनियमित रुपमा विद्युत प्रसारण जाने आउने भएपछी समस्या भएको सेवाग्राहीहरुले गुनासो गरेका छन् । विद्युत जाने आउने , नियमित नहुने , पटक पटक विद्युत जाने समस्या भएपछी सेवाग्राहीहरुले गुनासो गरेका हुन् ।
      लामो समयको लकडाउन केही खुकुलो भएपछी काममा फर्किएका विद्युतका माध्यमबाट काम गर्ने फर्निचर लगायतका सेवाग्राहीहरुले विद्युतका कारण समस्या भोग्नुपर्ने बताएका छन् । त्यसैगरी विद्युतिय सामाग्री प्रयोगकर्ताहरुले पनि लाईन आउने जाने गरेका कारण समस्या भोग्नु पर्ने बताएका छन् ।
      यस विषयमा नेपाल विद्युत प्राधिकरण कटारी शाखाका प्रमुख भगवानदेव चौधरीले ताराघारी केन्द्रमा समस्या आएकाले त्यस्तो समस्या भएको र सो समस्या समाधान भईसकेको बताउनुभयो । ताराघारी केन्द्रमा मेशिनमा गडबढी आएको र जनकपुरबाट प्राविधिक बोलाएर मर्मत गरिएकाले अव समस्या नहुने समेत बताउनुभयो ।

     मेशिनरी सामाग्री भएकाले कुनै कारण विद्युत आउने जाने भएपनि अनियमित रुपमा विद्युत जाने समस्या समाधान गरिसकेको पनि चौधरीले बताउनुभयो ।