Udayashree News

कटारीस्थित समावेशी एफ एमद्वारा वालगृहलाई सहयोग हस्तान्तरण

उदयश्रीन्युज सम्बाददाता
२९ फागुन , शनिबार , २०७७

दुुधौली / जनमुखी कल्याणकारी नेपाल दुधौली सिन्धुलीद्वारा संञ्चालित दुधौली १० स्थित कमलाखोंज वालगृहका वालवालिकाहरुलाई कटारी स्थित समावेशी एफ एम ९२.३ मेगाहर्जले स्टेशनरी तथा खेल सामाग्री सहयोग गरेको छ । आज एफ एम र एमएमकै कार्यक्रम प्रस्तोता प्रदिप ढुंगानाको ढुंगाना पुस्तक पसलको सहकार्यमा वालगृहका ९ अनाथ वालवालिकाहरुलाई स्टेशनरीका साथै खेल सामाग्री हस्तान्तरण गरेको हो ।
      वालगृहमै पुगेको एफ एम परिवारले वालगृहका वालवालिकाहरुलाई स्टेशनरीका साथै वालगृहका संञ्चालक जनमुखीका अध्यक्ष व्रह्मदेव दनुवारलाई खेल सामाग्री हस्तान्तरण गरेको हो । वालवालिकाहरुको अध्ययनमा सहयोग पुगोस भन्ने उद्येश्यले सामाग्री हस्तान्तरण गरिएको एफ एमका अध्यक्ष रेणु पराजुलीले बताउनुभयो ।
      हालसम्म आसपासका सहयोगीहरुको भरमै वालगृह संञ्चालनमा रहेको बताउँदै अध्यक्ष दनुवारले सहयोग गरेकोमा धन्यवाद दिंदै आगामी दिनमा पनि सहयोग गर्न आग्रह गर्नुभयो ।जनमुखीका सचिव गान्धीराज मगरका अनुसार बाढी पहिरो तथा विभिन्न कारणले असहाय अनाथ वालवालिकाहरुलाई गृहले गृहमा राखेर अध्ययन समेत गराईरहेको छ ।
     २०७२ सालबाट संञ्चालित वालगृहमा दुधौली नगरपालिकाले भवन निर्माण सुरु गरेयता २५ लाख सहयोग गरेको छ । हाल वालगृहको भवन निर्माण समेत सुरु भईसकेको छ । वालगृहका लागि अध्यक्ष दनुवार स्वयंले आप्mनै जग्गा बेचेर गृह सुरु गर्नुभएको थियो । हाल दनुवारले दिनुभएको जग्गामा नै भवन निर्माण सुरु भएको हो ।
      स्थानीयले दिने अन्नपात तरकारीको सहयोगको भरमा गृह संञ्चालनमा छ । जापानिज सहयोगी संस्था ओसाकाले सहयोग गर्दै आएकोमा हाल कोरोना संक्रमणपछी सहयोग निरन्तरता पाउन सकेको छैन् । स्थानीयले जन्मदिन , वार्षिकोत्सव लगायतका अवसरमा प्रदान गरेको सहयोगले वालगृह संञ्चालनमा छ ।