Udayashree News

कटारी बजार आसपास सडकबत्ती जडान गरिने

उदयश्रीन्युज सम्बाददाता
१२ साउन , सोमबार
कटारी /उदयपुरको कटारी नगरपालिकाको वडा नम्बर ३ र ४ मा सडकबत्ती जडान गरिने भएको छ । नेपाल विद्युत प्राधिकरणका प्रवन्धक कुलमान घिसिङ्गलाई कटारी नगरपालिकाले बत्ती जडानका लागि माग गरेको हो । नगरपालिकाका प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठका अनुसार प्रवन्धक घिसिङ्गले कामका लागि आदेश दिईसक्नुभएको छ।
     चालु आर्थिक वर्षमा नगरसभाबाट लागत सहभागिताका लागि भएको निर्णय बमोजिम बत्ती जडान गर्न नगर तयार रहेको पनि श्रेष्ठले बताउनुभयो ।बजरका लागि २ सय ६० र वडा नम्बर ४ का लागि ३ सय थान सडक बत्ती जडानका लागि माग गरिएको छ ।
त्यसैगरी कटारीकै वडा नम्बर ४ को ककरु नदी नियन्त्रण , तावा नदी नियन्त्रण कटारी बजार वसपार्क र कमला नदी नियन्त्रण कटारी १ र २ का लागि पनि नगरले उर्जामन्त्री वर्षमान पुनसँग माग गरेको नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभएको छ ।