Udayashree News

कटारी १४ लाई हराउँदै कटारी ४ सेमीफाईनलमा

उदयश्रीन्युज सम्बाददाता
२० फागुन , मंगलबार
कटारी/ उदयपुरको कटारी नगरपालिकामा जारी दोस्रो नगर मेयर कप फुटबल प्रतियोगितामा वडा नम्बर १४ लाई १ का विरुद्ध २ गोल गर्दै कटारी ४ सेमी फाईनलमा प्रवेश गरेको छ ।  हिजोको खेलमा कटारी ४ का अजित दनुवार म्यान अफ द म्याच घोषित भएका थिए ।हिजो नै विहानीको खेलमा कटारी १० लाई ० का विरुद्ध १ गोल गर्दै कटारी ६ विजयी भएको थियो । सो खेलमा कटारी ६ का विजय मगर म्यान अफ द म्याच घोषित भए ।
       साथी समूह कटारीको आयोजना र कटारी नगरपालिकाको प्रायोजनमा जारी प्रतियोगिताको विजेताले नगद ६३हजार ७सय ५का साथमा मेडल,प्रमाण पत्र हात पार्नेछ । त्यसैगरी उपविजेता टिमले नगद ३१ हजार २सय ५०का साथमा मेडल र प्रमाण पत्र पाउने समूहका उपाध्यक्ष तथा जिल्ला फुटबल संघ उदयपुरका सदस्य राजकुमार थापा क्षेत्रीले जानकारी दिनुभयो ।
        कटारी नगरका ११ टिम सहभागी प्रतियोगिता आगामी २२ गते सकिनेछ । १४ वडा रहेको नगरका ११ , १२ र १३ बाहेकका वडाले खेलमा प्रतिष्पर्धा गरिरहेका छन् ।