Udayashree News

कोरोनाबाट ज्यान गुमाएका स्वास्थ्यकर्मीप्रति मौन धारण

उदयश्रीन्युज सम्बाददाता
१६ भदौ , मंगलबार
कटारी/ उदयपुरको कटारी अस्पत्तालका स्वास्थ्यकर्मीहरुले कोरोना संक्रमणका कारण ज्यान गुमाएका स्वास्थ्यकर्मी कमलेस सहनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।श्रद्धाञ्जलीसँगै उनीहरुले एकमिनेट मौनधारण पनि गरेका थिए ।

     महोत्तरीका हेल्थ असिण्टेण्ड सहनीको कोरोना संक्रमणका कारण नेपालमा पहिलो मृत्यु भएको थियो । कोरोना संक्रमणमा जोखिममा पनि स्वास्थ्य सेवा दिईरहेका स्वास्थ्यकर्मीले ज्यान समेत दिएको भन्दै स्वास्थ्यकर्मीहरुले आज अस्पत्तालमा श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
      कोरोना विरुद्धको लडाईमा विरामीको उपचारमासँधै खटिने प्रतिबद्धता जनाउँदै स्वास्थ्य उपचारमा कमी हुन नदिने स्वास्थ्यकर्मीहरुले प्रतिवद्धता जनाएको कटारी अस्पत्तालका डाक्टर निराजन पराजुलीले बताउनुभयो । स्वास्थ्यकर्मीहरुले आफु पनि सतर्क र सचेत रहँदै उपचार गर्ने बताउँदै अरुलाई सचेत र सतर्कता अपनाउन आग्रह गरेका छन् ।