Udayashree News

गराँसमा एकपुरुष संक्रमितम देखिएपछी शिल

गराँसमा एकपुरुष संक्रमितम देखिएपछी शिल

उदयश्रीन्युज सम्बाददाता
१२ भदौ ,शुक्रबार
कटारी /उदयपुरको कटारी नगरपालिका २ गराँसका ४२ वर्षे एकपुरुषमा कोरोना संक्रमण पुष्टि भएपछी नगरपालिकाले गराँसलाई शील गरेको छ । नगरपालिकाका उपमेयर भिमकुमारी राउतको अध्यक्षतामा आज वसेको वैठकले सिरहाको मिर्चैया स्थित एकवैंकमा कार्यरत गराँसका एकयुवालाई संक्रमण पुष्टि भएकाले उदयपुरकै चौदण्डीगढी पठाएर आईशोलेट गर्ने निर्णय गरेको छ ।
       त्यसैगरी नगरपालिकाले वडाको उत्तरमा नारङ्गे खोला , दक्षिणमा थापाटोल ,पूर्वमा जंगल र पश्चिममा वस्नेतटोलको चारकिल्ला भित्र शील गर्ने निर्णय गरेको हो । नगरपालिकाले संक्रमितको सम्पर्कमा आएकाहरु पत्ता लगाई पिसिआर जाँज निर्देशिका बमोजिम स्वाब संकलन गर्ने समेत निर्णय गरेको छ । त्यसैगरी कटारी १ कै वेलसोत नाकाबाट भित्रिने माछा , कुखुरा , राँगाभैंसी व्यापारीहरुलाई समेत अर्को सुचना नआएसम्म बन्द गर्ने निर्णय गरेको छ ।