Udayashree News

दुधौलीमा नेकपाबाट निर्वाचित जनप्रतिनिधिहरु ओली पक्षमा

उदश्रीन्युज सम्बाददाता

२१ पुष ,मंगलबार
दुधौली /नेपाल कम्युनिष्ठ पार्टी नेकपा नगर कमिटी दुधौली सिन्धुलीले हिजो एक प्रेस विज्ञप्ति जारी गर्दै नगरभित्र नेकपाबाट निर्वाचित जनप्रतिनिधिहरु नेकपा केपी ओली समूहमा रहेको जनाएको छ ।
कमिटीको सचिवालयको वैठकको निर्णय सहित नगरमा नेकपाबाट निर्वाचित , मेयर , उपमेयर वडाध्यक्षहरु तथा कार्यापालिका सदस्य , वडासदस्यहरु ओली समूहमा कृयाशिल बन्ने प्रतिवद्धता जनाएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कमिटीका अध्यक्ष लक्ष्मण कार्की हस्ताक्षरित विज्ञप्तिमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको पक्षमा उभिने र ओलीकै नेकपामा कृयाशिल हुने समेत उल्लेख गरिएको छ । नेकपाकै नेताहरुको घेराबन्दीका कारण जननिर्वाचित सरकारलाई जोगाउन चालिएको ओलीको कदमलाई समर्थन गर्दै अघि बढ्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।