Udayashree News

दोस्रो नगर मेयर कप फुटबलको उपाधि वडा नम्बर ३ को पोल्टामा

उदयश्रीन्युज सम्बाददाता
२२ फागुन , बिहिबार
कटारी /उदयपुरको कटारी नगरपालिकामा जारी दोस्रो नगर मेयर कप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ ले कब्जा गरेको छ ।आज भएको फाईनलमा वडा नम्बर ४ लाई २ का विरुद्ध ३ गोल गर्दै वडा नम्बर ४ ले उपाधि कब्जा गरेको हो ।
उपाधिसँगै वडा नम्बर ३ ले नगद ६३हजार ७सय ५का साथमा मेडल,प्रमाण पत्र हात पार्दा उपविजेता वडा नम्बर ४ ले नगद , ३१ हजार २सय ५०का साथमा मेडल र प्रमाण पत्रका साथमा चित्त बुझायो ।
       प्रतियोगिताको उत्कृष्ट खेलाडीमा वडा नम्बर ३ का प्रताप राई घोषित भए । त्यसैगरी उत्कृष्ट गोलरक्षक वडा नम्बर ३ का रोशन राना घोषित भए । फाईनलमा कटारी ३ का प्रताप राई , गोपाल लिम्बु र कृष्ण धामीले गोल गरेका थिए । त्यसैगरी कटारी ४ को तर्पmबाट किरण दनुवार र केशव दनुवारले गोल गरेका थिए । कटारी नगरपालिकाको सहयोग र साथी समूहको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो ।
      प्रतियोगितामा विजेता तथा उपविजेता टिम लगायत उत्कृष्ट खेलाडीहरुलाई प्रमुख अतिथि नगर प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठले पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगरका प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठले नगर कपको विषयमा साममाजिक संञ्जालमा आफुलाई छोटे राजा भनेर आलोचना गरिएको भन्दै सामाजिक संञ्जालमा छोटे राजाको शंज्ञा दिनेहरुले सामाजिक काममा एउटा ढुंगा पनि नउठाएको बताउनुभयो ।
       आफुले खेलकुद क्षेत्रको विकासका लागि सक्दो सहयोग गर्ने बताउँदै समाजमा सामाजिक काम नगर्नेहरुले लगाएको आरोपको खण्डन गर्दै खेलकुद क्षेत्रले कटारीलाई चिनाउन ठूलो योगदान दिईरहेको बताउनुभयो । त्यसैगरी एन्फाका प्रवक्ता किरण राईले प्रतियोगिता महत्वपूर्ण भएको भन्दै कटारीको फुटबलको विकासका लागि नियमित प्रशिक्षणको वातावरण तयार गर्नुपर्ने बताउनुभयो ।
      त्यसैगरी जिल्ला फुटबल संघका सदस्य समेत रहेका साथी समूहका उपाध्यक्ष राजकुमार थापा क्षेत्रीले कटारीको मैदानमा अतिक्रमण भईरहेकोले यसको संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभयो । कटारी नगरका ११ वडाका टिमले प्रतियोगितामा सहभागीता जनाएका थिए ।