Udayashree News

दोस्रो नगर मेयर कप फुटबल उपाधिका लागि ३ र ४ नम्बर वडा फाईनलमा भिड्ने

उदयश्रीन्युज सम्बाददाता
२१ फागुन , बुधबार
कटारी/ उदयपुरको कटारी नगरपालिकामा जारी दोस्रो नगर मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि वडा नम्बर ३ र वडा नम्बर ४ ले प्रतिष्पर्धा गर्ने भएका छन् ।प्रतियोगिता अन्र्तगत आज दिउँसोको खेलमा कटारी ७ लाई ० का विरुद्ध २ गोल गर्दै कटारी ३ ले उपाधिका लागि वडा नम्बर ४ सँगको भेट पक्का गरेको हो ।
       त्यसैगरी आज विहानको खेलमा कटारी ८ लाई ० का विरुद्ध १ गोल गर्दै कटारी ४ ले उपाधिका लागि फाईनलमा आप्mनो स्थान सुरक्षित गरेको थियो । दिउँसोको खेलमा कटारी ३ का प्रताप राई र विहानको खेलमा कटारी ४ का प्रशान्त राई म्यान अफ द म्याच घोषित भएका थिए ।
       उपाधिका लागि ३ र ४ ले भोलि दिउँसो प्रतिष्पर्धा गर्नेछन् । साथी समूह कटारीको आयोजना र कटारी नगरपालिकाको प्रायोजनमा जारी प्रतियोगिताको विजेताले नगद ६३हजार ७सय ५का साथमा मेडल,प्रमाण पत्र हात पार्नेछ । त्यसैगरी उपविजेता टिमले नगद ३१ हजार २सय ५०का साथमा मेडल र प्रमाण पत्र पाउने समूहका उपाध्यक्ष तथा जिल्ला फुटबल संघ उदयपुरका सदस्य राजकुमार थापा क्षेत्रीले जानकारी दिनुभयो ।
        कटारी नगरका ११ टिम सहभागी प्रतियोगितामा सहभागीता जनाएका थिए । १४ वडा रहेको नगरका ११ , १२ र १३ बाहेकका वडाले खेलमा प्रतिष्पर्धा गरिरहेका छन् ।खेल कटारी स्थित टाईगर फिल्डमा संञ्चालन भईरहेको छ ।