Udayashree News

पुजा र विनोदले नचाए दर्शक

उदयश्रीन्युज सम्बाददाता
१५ माघ , बुधबार
कटारी /कटारी २ खोक्सामा जारी त्रिवेणी मैनी मेलामा बुधबार गायिका पुजा सुनुवार र गायक विनोद दनुवारले उपस्थित दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाए । मेलामा जारी वृहत साँस्कृतिक कार्यक्रममा गायिका सुनुवारले आप्mनो भर्खरै डेब्यु गीत हुन्न भनन लगायतका गीतहरु गाएर उपस्थित दर्शकहरुलाई मनोरञ्जन दिलाईन् ।


       त्यसैगरी लोकस्टारको पहिलो सिजनमा दोस्रो रनर अप विनोद दनुवारले विभिन्न आधादर्जन गीतहरु गाएर उपस्थित दर्शकहरुलाई नचाएका थिए । कार्यक्रममा स्थानीय कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।
       सुनुवार कटारी १ र दनुवार कटारी ७ का स्थानीय समेत हुन् । कलाकारिता क्षेत्रमा लागेर आप्mनो ठाउँमा कार्यक्रममा प्रस्तुति दिन पाउँदा अत्यन्त हर्षित भएको गायिका सुनुवारले बताईन् ।
        हरेक वर्ष माघेसंक्रान्तिदेखि लाग्ने त्रिवेणी मैनी मेला यस वर्ष साँस्कृतिक कार्यक्रम सँगै माघ १८ गते सम्म लाग्ने भएको छ । कमला , तावा र ककरु नदीको संगमस्थलमा लाग्ने यो मेला पूर्वाञ्चलमै सवैभन्दा लामो समय लाग्ने र परापूर्वकालदेखि लाग्दै आएको मेला हो ।
       यहाँ आएर भाकल गरे अनुसारको पशुपन्छी पुजा आजा गरी मकर नुहाएमा चिताएको पुग्ने जनविश्वास रहँदै आएको छ ।