Udayashree News

मिर्चैया– कटारी –घुर्मी सडक अन्र्तकृया कसले के भने? ः वैकल्पिक मार्ग विना ट्रिफर संञ्चालन गर्न नदिनेमा जोड

 ऋषि राई
१५ मंसिर , आईतबार ,२०७६
कटारी– शनिबार उदयपुरको कटारीमा उदयपुर उद्योग वाणिज्य संघको आयोजनामा मिर्चैया –कटारी –घुर्मी सडक विषयक अन्र्तकृया सम्पन्न भएको छ । लामो समयदेखि जीर्ण सडक स्तरउन्नती नभएपछी संघले सम्पूर्ण सरोकारवालाहरुको सहभागितामा अन्र्तकृया गरेको हो । अन्तकृयामा सहभागी तथा सरोकारवाला अतिथिहरुको भनाईहरुको सार संक्षेप ः
                   पुष्कर खड्का ,अध्यक्ष उदयपुर उद्योग वाणिज्य संघ ः ‘सडक राम्रो भएमात्रै सबै कुराको विकास हुने रहेछ , यो ७२ किमि सडक २५ वर्षदेखी उस्तै छ , सडकका कारण यस क्षेत्रका लागि तराईका सहरहरुबाट सामान लोड हुँदैन् ,लहानमा टेण्डर लाग्छ काम हुँदैन कागज उतै बन्दो रहेछ ,यो सडक हेर्ने जिम्मा ओखलढुंगाको डिभिजनलाई दिनुपर्छ ,यस्तो वाटोमा कसरी पर्यटक हिंड्ने ? यसको स्तरउन्नतीका लागि हामी व्यापारीहरु जे पनि गर्न तयार छौं चाहे बन्द नै किन गर्नु नपरोस ।’
             नातिबाबु भट्टराई,स्थानीय ः ‘सडकका कारण झण्डै मेरै बिवाह भएन , यो सडकको धुलोका कारण हामी फोक्सोको विरामी भएका छौं , पटक पटक भएका सम्झौता कार्यान्वयन भएका छैनन् , स्तरउन्नती नभएसम्म हामी उद्योगका गाडी चल्न दिन्नौं ।’
              मोहन कोईराला,स्थानीय ः ‘बेतेनीबाट कटारी आउँदै र मिर्चैया जाँदा बाँचेर आईन्छ कि आईन्दैन आशा मर्छ ।’
कृष्ण खड्का,स्थानीय ः ‘यो सडकमा जनप्रतिनिधिहरु हिंड्दैनन कि क्या हो ? सडक त खहरे भईसक्यो तत्काल सडक विभागलाई बाटो बनाउन दबाब दिनुपर्छ ’
            गीता खडका ,महिला नेतृ ः ‘अहिले नै हिंड्न सक्ने अवस्था छैन् सडक छेउमा ठूलो ज्यादती छ ५ उद्योगको ट्रिफर चल्दा हाम्रो हालत के होला ? ’
            कौशल चेम्जोङ्ग ,वरिष्ठ पत्रकार ः‘ हामीले बलबहादुर राई पछी राइले बनाएको सडक स्तरउन्नती गर्ने नेता किन पाएनौं , यदि स्वास्थ्यमा असर पुग्छ भने सडक बन्द गर्नु राम्रो सरोकारवाला सबै मिलेर दबाब दिनुपर्छ ,जनप्रतिनिधिहरुको आवाज बुलन्द नभएको हो कि , उद्योगीले शोषण गर्छन भने योगदान चाहिं किन दिंदैनन् , कार्यान्वयन नगर्ने सम्झौता कसको प्रेरणाबाट बनेको हो , संसदिय विकास कोष , उद्योगी सबै मिलेर पनि सडक बनाउन सकिन्छ ।’
            बाबुराम कार्की स्थानीय शिक्षक ः ‘ट्रिफरको समस्या समाधान हुँदैन भने यस्तै हो १० टनको क्षमता भएको सडकमा ३२ टन बोकेपछी सडक जीर्ण नै हुन्छ ,’
           मनकुमारी भुजेल ,स्थानीय ः ‘धुँवा धुलोको कारण धेरैलाई क्यान्सर भएको छ ज्यान गुमाउनु परेको छ प्रदुषण समिति गठन भएको थियो त्यसको पारदर्शिता खै ,साधारण सभा पनि किन हुन सकेन ।’
           पदम कार्की ,स्थानीय ः ‘हामी राजनीतिक कारणले अभागी थियौं सरकार एकातिर यहाँका प्रतिनिधि प्रतिपक्ष हुन्थे अहिले त त्यो पनि छैन् तर किन सडक बनिरहेको छैन् बलबहादुर राईले सक्ने यहाँका यत्रा नेताहरुले नसक्ने ?कि यहाँका सरोकारवलाहरु उद्योग तिर ढल्किन्छन् र जनतालाई पेल्छन ? सक्रमणकाल नि छैन् के ले रोकिरहेको छ सडक बनाउन ?’
            वसन्त तिम्सिना,शिक्षक ः ‘सडककै कारण सडक छेउका विद्यालयहरुले बालवालिका जोगाउन गाह्रो छ ।’
          धु्रबसिंह कार्की ,स्थानीय व्यापारी ः ‘नेताले गर्नै नचाहेका त होईनन् किन यो सडकलाई चुनाबका बेलामा भजाउने चेक मात्रै बनाएका हुन् । ’
        केपी बराल,नेता नेकपा ः ‘यसलाई कि त औद्योगिक सडक बनाउनु पर्छ नभए यसको विकल्प खोज्नु पर्छ , विकल्प नभएसम्म उद्योगलाई सडकमा चल्न नदिऔं ,एडिबीले डिपिआर गरेर छोडिदेको छ , सबैले सहमति जुटाएर लाग्नु पर्छ , ६५ किमि त कटारी नगरपालिकामै पर्छ यो सडक बन्यो भने नगरको ठूलो विकास हुन्छ ।’
          रतन पोखरेल ,नागरिक समाज ः ‘यो सडक ४ लेनको बन्नु पर्छ , यसको स्तरउन्नती भए यहाँको कृषि क्षेत्र , पर्यटन क्षेत्रको विकास हुन्छ ,’
         राजेशचन्द्र श्रेष्ठ , पूर्व अध्यक्ष उद्योगा वाणिज्य संघ कटारी ः ‘सडकका कारण सबै उपभोक्ता पिडित छन् ,सडककै कारण सामाग्रीहरुको भाउ बढ्ने गरेको छ । ’
        विष्णु राई दनुवार ,नेता समाजवादी ः‘ल्याईते उमेदवारले जितेपछी यस्तै हो ,यो बाटोको जड राष्ट्रिय नीति पनि हो ,चुनाव पछी थाहा भयो कि बाहिरबाट आएकाले सडक नबनाउने रहेछन् र देखियो पनि मैले त्यतिबेला भनेको कुरा अहिले पुग्यो ।’
          रामकुमार खत्री, क्षेत्रीय सभापति नेपाली काँग्रेस ः ‘बलबहादुर राईले कि खुमबहादुर खड्का छैन कि बलबहादुर राई छैन भनेर खनेको सडक त्यसपछी बन्न नसक्नुमा राई जस्तै नेताको अभाव पो भयो कि ? ’
         दिवश कटुवाल, अध्यक्ष नेकपा उदयपुर ः ‘यो सडकलाई हेर्दा राज्यको भूमिकामाथि प्रश्न उठेको छ , यो सडक राज्यको प्राथमिकतामा नै छैन् केन्द्र प्रदेश दुवैले उपेक्षा गरेका छन् । त्यसैले ठूलो दबाब दिन आवश्यक छ ।’
         भिमकुमारी राउत,उपमेयर कटारी नगरपालिका ः ‘संघको मातहत रहेको सडकमा नगरले बजेट हाल्न नि नमिल्ने हाल्दा नि नपुग्ने यसले त हामी जनप्रतिनिधिहरुलाई नै लज्जित बनाएको छ ।’
          प्रमिला राई,प्रतिनिधि सभा सदस्य साँसद ,नेपाली काँग्रेस ः ‘ठूलो पिडा भोग्नु परेको छ यस सडकका कारण सदनमा प्रतिपक्षको आवाज दविएको छ तरपनि यसलाई सदनमा उठाउँछु २०४७ सालमा बुवा बलबहादुर राईले निर्माण गरेको सडकको हालत देख्दा कसरी पर्यटक आउँछन् र ?’
         ज्ञानेन्द्र श्रेष्ठ,प्रमुख कटारी नगरपालिका ,मेयर ः ‘यहाँबाट जितेका विगतका केन्द्रिय नेताहरुले यसलाई विकास गर्न नचाहेको हुन कि भन्ने लाग्या छ , यहि सडकका कारण समृद्ध नगरपालिका बनाउन समेत सम्भव देख्दिन,नगरको तर्पmबाट कहाँ कहाँ गएर के के गर्नुपर्छ जहिले हामी तयार छौं ।’
        भेषकुमारी राउत ,संविधास सभा सदस्य ः ‘प्mयाक्ट्रीकै कारण सडक नबनेको हो कि भन्ने शंका लाग्छ मलाई नभए यत्रो पटक हामी लाग्या छौं मन्त्री प्रधानमन्त्री समक्ष पुगेका छौं अहिले पनि साँसद शुरेष राईहरु लागि रहनुभएको छ तर पनि किन बन्दैन ? शंकाको विषय छ ।’
        शुरेसकुमार राई,साँसद प्रतिनिधि सभा सदस्य ,नेकपा ः ‘निर्वाचनका बेला नै मैले सडक , विद्युत र खानेपानीलाई प्राथमिकतामा राखेको थिए ,त्यसैले यसलाई निर्माण गर्न जहिले लागिपरिरहेको छु , उद्योगहरुलाई वैकल्पिक बाटो खोज्नु नभए बन्द गर्नुपर्छ , अव एडिबी मार्पmत वा बहुवर्षिय योजनामा लैजाने भनेर छलफलमा छौं ।’
         नारायण बहादुर कार्की ,संविधान सभा सदस्य ः‘एडिबीले बनाउन थाल्यौ भनेर प्रचार गरेजस्तो होईन् ,टिकाउ बाटो             बनाउन ट्रिफरले विकल्पको बाटो खोज्नै पर्छ ,यो बाटोको लागि चासो लिएर निकै पटक हिंडेको छु । ’
कार्यक्रममा उदयपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अरुण साहले स्वगत मन्तव्य दिएका थिए भने महासचिव जमानसिंह वस्नेतले कार्यक्रम संञ्चालन गर्नुभएको थियो ।