Udayashree News

विश्व ह्विल चियर यात्री तेजबहादुर कार्की भन्छन् ः नेपालका कार्यालयहरु अपाङ्गमैत्री छैनन्

 ऋषि राई
२२ फागुन , बिहिबार
कटारी /ओखलढुंङ्गा ,मोलुङ्ग गाउँपालिका वडा नम्बर ४ का ५५ वर्षिय तेजबहादुर कार्की पेशाले चालक थिए । २०५७ साल माघ २३ गते धादिङ्गको जोगिमारामा उनको स्टेरिङ्गले उनले चलाएको बसलाई सडकबाट त्रिशुलीतिर मोडेसँगै जीवनको यात्रा समेत मोडिदियो ।
        जब उनले थाहा पाए उनको दुवै खुट्टा गुमिसकेको थियो । सबैलाई लिएर हिंड्ने गुरुजी अब अपाङ्ग भएर घरमै ओछ्यानमा पल्टिएका थिए । त्यसैबखत उनको साथी थियो टेलिभिजन त्यहि बेला टेलिभिजनमा विश्व साईकल यात्री पुष्कर साहको अन्र्तवार्ता हेरेपछी उनको यात्रा मोडियो ।
          त्यसपछी उनले २०६१ जेठ ४ बाट बुद्ध नेपालमै जन्मेका हुन् विश्वमा शान्ति स्थापना र अपाङ्गहरुमा पनि क्षमता हुन्छ भन्ने शन्देसका साथ ह्विल चियरमा विश्व यात्रामा निस्किए । हालसम्म ३३ देशहरुका अलावा नेपालकै ६५ जिल्ला घुमिसकेका यात्री कार्की भन्छन् –‘नेपालका कार्यालय , सडक , सवारी केहि पनि अपाङ्गमैत्री छैनन् ।’उनी थप्छन् –‘कम्तीमा नेपालका सडक , कार्यालयसम्म अपाङ्गरुलाई जानका लागि संरचना त बन्नुपर्छ ।’
         बिहिबार कटारी आईपुगेका कार्कीले यात्राका क्रममा नेपालमा धेरै समस्या भोग्नु परेको बताए । पश्चिमी जिल्लाका मार्तडी , बाजुरा लगायतका क्षेत्रमा पैशा भएपनि भोकै वस्नुपर्ने पनि उनको वाध्यता थियो । यात्राकै क्रममा बंगलादेशमा जाशुसको आशंकामा अपहरणमा पनि परेको उनको अनुभव छ । २ छोरा १ छोरी र श्रीमति समेत रहेका कार्कीलाई परिवारले हौसाएका छन् । ‘कोठामै बसेको भए म तपाईहरुलाई चिन्दिन थिएँ , ’कटारीको चोकमा उनी गफिए –‘यसरी हिंड्दा शन्देस पनि दिन्छु विश्वका बारेमा पनि बुभ्mछु । ’
         केन्द्र सरकारले कुनै सहयोग नगरेको गुनासो गर्ने कार्कीले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले १ लाख र सामाजिक विकास मन्त्री जीवन घिमिरेले ५१ हजार सहयोग गरेको बताए । त्यसैगरी स्थानीय सरकार र स्थानीयले मायाले गरेको सहयोगले यात्रा र जीवन चलेको उनले बताए ।
         कटारीमा केहिदिन रहने बताउँदै नगरले पनि सहयोग गरेको बताए । ‘मेयर ज्ञानेन्द्र श्रेष्ठले वेठक राखेर सहयोग गर्छु भन्नुभाथ्यो ।’उनले भने –‘मैले भ्याउँदिन भनेपछि आप्mनो तर्पmबाट नगद ५ हजार सहयोग गर्नुभयो ।’