Udayashree News

साँसद राईद्वारा कटारी नगर भूमि अधिकार मञ्चको कार्यालय भवन उदघाटन

उदयश्रीन्युज सम्बाददाता
१७ असोज , शनिबार
कटारी /सांसद शुरेस राईले शुक्रबार साँझ एक कार्यक्रमकाबीच उदयपुरको कटारीमा कटारी नगर भूमि अधिकार मञ्चको कार्यालय भवन उदघाटन गर्नुभएको छ । भवन उदघाटन गर्दै प्रमुख अतिथि साँसद राईले गाँस ,बास र कपास , शिक्षा , स्वास्थ्य र रोजगार नैसर्गिक अधिकार रहेकाले सवैले पाउनुपर्ने बताउनुभयो ।
        त्यसैगरी कसैलाई उत्तेजित नगरी विना राजनीति भूमिहिनहरुमाथि अन्याय भएको भए भूमिहिन र सुकुम्वासीहरुको पक्षमा आफु रहने बताउनुभयो । त्यसैगरी विशेष अतिथि नेपाली काँग्रेसका क्षेत्रिय सभापति रामकुमार खत्रीले भूमिहिन , अव्यवस्थित भएकाहरुको संघर्षमा काँग्रेसको जहिले पनि समर्थन रहेको बताउनुभयो ।
       कार्यक्रममा सहभागीहरुले हकभोग गरी आएको जमिनमा उठिबास लगाउन नपाईने , नाममा पुर्जा पाउनुपर्ने ,सुकुम्बासी , मुसहरवस्तीमा हुने समस्या समाधानका साथै पहाडी भेगमा एकिकृत सुरक्षित वस्तीको माग सांसदलाई राखिएको मंञ्चका नगर अध्यक्ष बालकृष्ण थापाले बताउनुभयो ।
      मञ्चले आप्mना भातृसंगठनहरु रहेको कटारी , ३ को च्याँगा , शान्तिचोक , ४ को सिम्ले , सालघारी , तल्लो कटारी कोपिला टोल , गबुवा भवनपुर , ५ को भोर्ले , लालपुर , झोराबारी , सुकुम्बासी टोल ,२ को सिमानपुर , १ को खसिबासबाट संकलित १ लाख १८ हजार लगायत पदाधिकारीहरु , र सहयोगीहरुबाट संकलित गरी ६लाख ५० हजारमा कार्यालय भवन निर्माण गरेको हो ।