Udayashree News

सिमसारको प्रवद्धृनका लागि लगाईएको पुराणमा ७० लाख ६४ हजार संकलन

२१ , फागुन ,बुधबार
उदयश्रीन्युज सम्बाददाता
कटारी/ कटारी ५ स्थित पर्यटकिय सम्भावना बोकेको सिमसार क्षेत्रको प्रवद्धृनका लागि लगाईएको धनधान्यन्चल महायज्ञमा ७० लाख ६४ हजार संकलन भएको छ । मंगलबार सम्पन्न महायज्ञबाट संकलित रकमले सिमसार क्षेत्रमा चिल्ड्रेन पार्क , मन्दिर , र तालविस्तारको काम गरिने सिसाघारी सामुदायिक बन उपभोक्ता समूहका सचिव दिलबहादुर अधिकारीले बताउनुभयो ।
        महायज्ञमा कटारी नगरपालिकाले २५ लाख , शितल प्रसाद शर्मा र क्षेत्रबहादुर वस्नेतले ७ लाख ५१ हजार , सिद्धिचरण मल्टिप्रपोज ३ लाख ३३ हजार , हेरम्बबहादुर थापा २ लाख २७ हजार , कर्ण बहादुर खत्री २ लाख २५ हजार ,शंकरबहादुर कटुवाल २ लाख १हजार , दिर्घा राई , १ लाख५५ हजार ५ सय ५५ , टेकनारायण अधिकारी दनुवार १ लाख ५१ हजार , शंकर र संघर्ष श्रेष्ठ १ लाख ११ हजार १ सय ११ सहयोग गरेका थिए । कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले सिमसार क्षेत्रको विकासका लागि सहयोग जारी गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।