Udayashree News

दुधौलीमा प्रदेशस्तरीय पार्क निर्माणका लागि सम्भाव्यता अध्ययन

उदयश्रीन्युज सम्बाददाता
चैत्र ३ , सोमबार
दुधौली –सिन्धुलीको दुधौली नगरपालिकामा बागमती प्रदेश स्तरीय नमुना पार्क निर्माणका लागि सम्भाव्यता अध्ययन गरिएको छ । आईतबार सम्भाब्यता अध्ययनको लागि पर्यटन , वन तथा वातावरण प्रदेश स्तरीय संसदीय समितिको टोली दुधैली नगरपालिका वडा नम्बर १० को सृजनानगर आईपुगेको हो ।
      टोली र दुधौली नगरका सरोकारवालाहरुले पार्क निर्माणका लागि मापदण्ड अनुसारको सम्भाव्यता अध्ययन गरेको हो । प्रदेश स्तरीय पार्कका लागि आवश्यक मापदण्ड अनुसार पायक पर्ने वा नपर्ने भन्ने विषयमा अध्ययन गरिने दुधौली नगरपालिकाका प्रमुख मेयर घनश्याम राउतले बताउनुभयो । अहिले नै दुधौलीमा पार्क बनाउने टुंगो लगाईनसकेको बताउँदै अध्ययन अनुसार अन्तिम टुंगो लगाईने पनि मेयर राउतले बताउनुभयो ।