Udayashree News

दशकबढीदेखि खसिबासवासीको विजुली वाल्ने सपना अधुरै

ऋषि राई
भदौ २१ ,आईतबार
कटारी /उदयपुरको कटारी नगरपालिका वडा नम्बर १ मा पर्ने खसिवास गाउँका स्थानीयको विजुली वाल्ने सपना दशकवढीदेखि अधुरै छ । लगभग १३ वर्ष अघिदेखि तत्कालिन त्रिवेणी गाविस र हालको वडा नम्बर २ को गराँसबाट विजुलीको पोल गाड्न र तारजोड्न सुरु भएको भएपनि अन्दाजी ३ सय घरधुरीको खसिबासवासीले अभैm पनि विजुली वाल्न पाएका छैनन् ।
       नेपाल विद्युत प्राधिकरणले काम गरिरहेको नै यति लामो समय भएपनि अभैm बत्ती नबलेको स्थानीय तथा वडा नम्बर १ का वडासदस्य काँशीनाथ पोखरेलले बताउनुभयो । पोखरेलका अनुसार प्राधिकरणले यहि आउने दसैंभित्रमा विद्युत प्रसारण जोडेर बत्ती वाल्ने आश्वासन भने दिएको छ ।
      प्राधिकरणको आश्वासनसँगै गाउँमा अधिकासँ घरघर नजिकै विजुलीको पोल पुग्नुका साथै तारपनि टाँगिएको छ । दसैंमा विजुली वल्ने आशामा स्थानीयले घरमा वायरिङ्ग पनि गरिरहेका छन् । विद्युत प्राधिकरण कटारी शाखाका प्रमुख भगवानदेव चौधरीले भने वाल्ने तयारी भएपनि गराँसमा अभैm समस्या समाधान भएको छैन् । चौधरीका अनुसार गराँसमा स्थानीयले पोल गाड्नका लागि विवाद गर्दा ९ थानजति पोल गाड्न सकिएको छैन् ।
    उक्त विवाद समाधार गरेर गराँसमा पोल गाडिए खसिबासमा दसैंमा वत्ती वाल्न सकिने चौधरीको भनाई छ । खसिबासका स्थानीयले भने गाउँमा पहल गर्ने , चासो दिने मान्छे नहुँदा वर्षौवर्षदेखि विजुली पुग्न नसकेको गुनासो गरेका छन् । जनप्रतिनिधिहरु आएपनि गाउँमा विजुली वाल्ने चासो नदिएको , बिवाद समाधान गरेर विजुली वाल्ने पहल नगरेको खसिबासवासीको गुनासो छ ।