Udayashree News

मेयरको पहलमा कटारी ५ को सामुदायिक विजुली प्राधिकरणले स्वामित्वमा लिने

उदयश्रीन्युज सम्बाददाता
१५ साउन , बिहिबार
कटारी/ उदयपुरको कटारी नगरपालिका वडा नम्बर ५ स्थित तीततले , भोर्ले ,खैरेनी , सोक्लामा रहेको ग्रामिण सामुदायिक विद्युतिकरणको स्वामित्व नेपाल विद्युत प्राधिकरणले नै लिने भएको छ । विगतमा २०६५ सालदेखि सामुदायिक वाल विकास एवं महिला जागरण केन्द्र कटारी उदयपुरले उक्त वडामा सामुदायिक विद्युतीकरण अन्र्तगत विजुली वालेको थियो । केन्द्रले सामुदायिक विद्युत प्राधिकरणको नियमावली अनुसार विजुली वालेपनि पछिल्लो समय धेरै उपभोक्ताहरुले गुनासो गरेपछी विद्युत प्राधिकरणले नै स्वामित्वमा लिने भएको हो ।
      नगरपालिकामा स्थानीयले पटक पटक गुनासो राखेपछी नगर प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठले नेपाल विद्युत प्राधिकरणका प्रवन्धक कुलमान घिसिंङ्गलाई माग गरेपछी अव समस्या समाधान हुने भएको हो । ‘पटक पटक विजुलीकै कारण ज्यान समेत जाने लगायतका धेरै गुनासो आएपछी आपैm सकृय भएर समस्या समाधानमा लागेको हुँ , ’मेयर श्रेष्ठले भन्नुभयो –‘जनताको गुनासो सुनेर समस्या समाधान गर्न काठमाडौं आएको छु अव स्वामित्व प्राधिकरणले नै लिने भयो ।’ केन्द्रले समेत उक्त वडाको विद्युत प्राधिकरणले संञ्चालन गर्न मञ्जुरी दिएको छ ।