Udayashree News

खुट्टाले चलाउन मिल्ने हेण्डवासिङ्ग कर्नर स्थापना

उदयश्रीन्युज सम्बाददाता
१ श्रावण ,विहिबार
      कटारी – कोरोना भाईरसको संक्रमणबाट बच्न कटारी अस्पतालमा खुट्टा बाट चलाउन मिल्ने हेण्डवासिङ्ग कर्नन स्थापना गरिएको छ । मानव अधिकार र वातावरण विकास केन्द्र, उदयपुर र वल्ड भिजन इन्टरनेसन नेपालको सहयोगमा कर्नरको स्थापना गरिएको हो ।
           ३३ हजार ९ सय ३८ रुपैया लागतमा कटारी अस्पतालको प्राङ्गणमा हेण्डवासिङ्ग कर्नर स्थापना गरिएको छ । खुट्टा बाट पानी तथा हेण्ड वास खोल्न र बन्न गर्न मिल्ने कर्नर एक कार्यक्रमका विच हुरेण्डेक उदयपुका सह सचिव जिवनाथ दाहालले कटारी अस्पताललाई हस्तान्तरण गर्नु भएको हो ।

             कोरोनाको संक्रमण हात धुने स्थानबाट नहोस भन्ने उदेश्यले कर्नर स्थापना गरिएको दाहालले बताउनु भयो । अहिलेका अवस्थामा खुट्टाले चलाउन मिल्ने हेण्डवासिङ्ग कर्नर प्रभावकारि हुने कटारी अस्पतालका प्रमुख मुकलेश माधवीले बताउनु भयो । हुरेण्डेकले जिल्लाको विभिन्न १० स्थानमा खुट्टाले चलाउन मिल्ने हेण्डवासिङ्ग कर्नर स्थापना गरेको छ ।