Udayashree News

युथ्स अफ कटारीको अनलाईन प्रतिभा प्रतियोगितामा युवाहरुको प्रतिष्पर्धा

उदयश्रीन्युज सम्बाददाता
साउन २६ , शनिबार
कटारी /उदयपुरको कटारीका युवाहरुको समूह युथ्स अफ कटारीले सामाजिक संञ्जाल मार्पmत आयोजना गरेको अनलाईन प्रतिभा प्रतियोगितामा कटारी र देशविदेशका युवाहरुले सहभागिता जनाएका छन् । युवाहरुको समूह युथ्स अफ कटारीको सामाजिक संञ्जाल फेसबुक पेज मार्पmत यहि साउन २६ गते सम्म सबैखाले प्रतिभा पठाउन र प्रतिष्पर्धामा सहभागी हुन फेसबुक पेज मार्पmत नै आग्रह गरेको थियो ।

        नेपाल विद्यार्थी संघ नेविसंघको सहयोगमा आयोजित प्रतिष्पर्धिका विजेताहरुलाई साउन २८ गते अन्तर्राष्ट्रिय युवा दिवशको अवसरमा पुरस्कार प्रदान गर्नेछ ।  युवाहरुको प्रतिभालाई कसरी उजागर गर्न अहिलेको समयमा सामाजिक संञ्जाल मार्पmत गरिएको प्रतिष्पर्धामा धेरैले सहभागिता जनाएकोमा खुसी लागेको नेविसंघका केन्द्रिय सदस्य मिरा कटुवालले बताउनुभयो ।

      प्रथम विजेताले नगद ५ हजार १ सय ५ , दोस्रोले ३ हजार १ सय ५ तेस्रोले १ हजार १ सय ५ र साथमा आकर्षक पुरष्कार पाउनेछन् । त्यसैगरी उत्कृष्ट १० लाई आकर्षक उपहार प्रदान गर्ने पनि सामाजिक संञ्जाल फेसबुक मार्पmत नै जानकारी दिईएको छ । प्रतिष्पर्धामा हालसम्म १ सय १३ प्रतिष्पर्धिहरुले प्रतिभा सार्वजनिक गरिसकेका छन् । कटारीमा पहिलो पटक गरिएको अनलाईन प्रतिष्पर्धामा युवाहरुको आकर्षण देखिएको छ ।