Udayashree News

कटारीमा पनि एमसिसीको विरोध कार्यक्रम

उदयश्रीन्युज सम्बाददाता
१९ , फागुन , सोमबार
कटारी /अमेरिकन मिलेनियम च्याम्पियन एमसिसीको कटारीमा पनि विरोध गरिएको छ । कटारीको भूगोलपार्कमा एक कार्यक्रम गर्दै नेपाल मजदुर किसान पार्टी उदयपुर जिल्ला समितिले विरोध जनाएको हो ।
        देशघाती एमसीसी सम्झौता खारेज गर नेपाल सरकार र रअमेरिकन सरकारलाई खबरदारी गर्न विरोध सभा गरिएको पार्टीले जनाएको छ । कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य उकेश कवानले वर्तमान सरकारले मजदुर र किसानको हकहितमा कानुन बनाउन नसकेको आरोप लगाउनुभयो ।
       नेपालका मजदुर र किसानको हितमा कानुन बनाउन नसक्ने सरकारले अमेरिकी र भारतको दलाल गर्न पुगेकोले सरकारको विरोधमा रहेको बताउनुभयो । नेपालको सार्वभौमसत्तामाथि खेलवाड गर्न एमसिसीमा सम्झौता गर्न लागिएको पनि बताउनुभयो ।