Udayashree News

गाईघाटबाट लाईसेन्स वितरण गर्न माग

गाईघाटबाट लाईसेन्स वितरण गर्न माग

उदयश्रीन्युज सम्बाददाता
५ चैत्र ,बुधबार
कटारी /प्रदेश सभा सदस्य विमल कार्कीले गाईघाटबाटै सवारी चालक अनुमति पत्र लाईसेन्स वितरण गर्ने व्यवस्था गर्न माग गर्नुभएको छ । सगरमाथा अञ्चलको उदयपुर, खोटाङ्ग, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाका वासिन्दाले गाइघाट स्थित यातायात ब्यवस्था सेवा कार्यलयबाटै सवारी चालक अनुमती पत्र (लाइसेन्स) प्राप्त गर्न सक्ने प्रवन्ध गर्न प्रदेश नम्बर १ को सरकारलाई आग्रह गर्नुभएको छ ।