Udayashree News

नेकपा नगर कमिटी कटारीको सपथ सम्पन्न , प्रवृद्धिका कारण विवाद भएको जगन्नाथ खतिवडाको भनाई

उदयश्रीन्युज सम्बाददाता
२१ असार , आईतबार
कटारी / उदयपुरको कटारीमा नेपाल कम्युनिष्ट पाटी नेकपाको नगर कमिटीले पूर्णता पाएको छ । मणिराज दाहालको अध्यक्षतामा ८१ सदस्यिय नगर कमिटीले आज सपथ समेत खाएका छन् । समितिको सचिवमा मोहन खड्का चयन हुनुभएको छ ।
        नेकपाका साँसद तथा केन्द्रिीय सदस्य तथा प्रदेश नम्बर १ का सचिव शुरेस राईको प्रमुख आतिथ्यमा सपथ ग्रहण सम्पन्न भएको छ । समितिले २७ सदस्यिय सचिवालय समिति समेत गठन गरेको छ । समितिलाई सपथ खुवाउँदै प्रमुख अतिथि राईले सिंगो पार्टी पद्धतिको प्रणालीमा जानुपर्ने बताउँदै महाधिवेशनको बाटोमा जानुपर्ने बताउनुभयो ।
      नगर कमिटीलाई बधाई दिंदै स्थानीय कमिटीहरुले एकवद्ध भएर जानुपर्ने सुझाव दिंदै पार्टी फुटाउन होईक एकहुन दबाब दिनुपर्ने बताउनुभयो । त्यसैगरी नवगठित नगर कमिटीका अध्यक्ष मणिराज दाहालले पार्टी फुटेर होईन एक भएर जानुपर्ने बताउँदै नगर कमिटीले खबरदारी गर्ने बताउनुभयो ।
       नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले नेकपाको हालको विवाद पात्रको विवाद नभएर प्रवृद्धिको विवाद भएको बताउनुभयो । आज कटारीमा नगर कमिटीलाई सपथ ख्वाउने कार्यक्रममा वोल्दै विशेष अतिथि खतिवडाले पार्टी र सरकारको सम्बन्ध अन्योन्याश्रित हुनुपर्नेमा पार्टीको सहमति व्यक्तिले पालना नगरेको बताउनुभयो ।
       त्यसैगरी खतिवडाले सामुहिक निर्णय गर्नुपर्ने र व्यक्तिगत जिम्मेवारी पुरा गर्नुपर्ने बताउनुभयो । हालको विवाद एमसिसीसँग जोडिएको बताउँदै खतिवडाले पार्टी एकवद्ध भएर जान केन्द्रीय सदस्यहरुले दबाद दिईरहेको बताउनुभयो । स्थानीय सरकार अनुशासन , सुशासन , स्वच्छता , पारदर्शिता भएमाात्रै सफल हुने बताउँदै स्थानीय सरकार सफल भएमात्रै पार्टी सफल हुने बताउनुभयो ।
       विचार सहितको विकासले मात्रै जनताको मन जित्न सकिने खतिवडाको भनाई थियो । पार्टी एकजुट हुन नैतिक दबाद दिन आवश्यक रहेको पनि खतिवडाले बताउनुभयो । त्यसैगरी कोरोनाको संक्रमण न्युनिकरणका लागि नेकपाकाले स्वयंसेवकको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।