Udayashree News

जुवा खालबाट १३ जुहाडे पक्राउ

उदयश्रीन्युज सम्बाददाता
१० पुस, शुक्रबार
      कटारी / उदयपुरगढीमा गतराति करिव ३ बजे जुवा खेलेको आरोपमा वडा सदस्य र शिक्षक सहित १३ जना जुहाडे पक्राउ परेका छन । उदयपुरगढी गाउँपालिका ६ नेपालटार स्थित धर्मनाथ दाहालको घरमा जुवा खेलिरहेको सुचनाको आधारमा वडा सदस्य, शिक्षक र पूर्व प्रहरी पनि पक्राउ परेका हुन ।
          पक्राउ पर्नेमा उदयपुरगढी–५ का ३१ बर्षीय सुशिल कुमार गुरागाइँ, ३२ बर्षीय मनोज थापा, उदयपुरगढी–६ का २८ बर्षीय सुरज कुमार मगर, ३० बर्षीय जिवन गिरी, ३० बर्षीय धर्मनाथ दाहाल, ३१ बर्षीय दुर्गारमण दाहाल, ३२ बर्षीय युवराज कार्की, ३३ बर्षीय यादव खत्री र ४० बर्षीय शरद खत्री रहेका छन । यसै गरी रौतामाई–७ का ४३ बर्षीय प्रकाश दाहाल छन भने उदयपुरगढी–८ का २७ बर्षीय सुदिप खत्री, ४० बर्षीय श्याम खत्री र ४२ बर्षीय बिदुर खत्री रहेका छन् ।
     पक्राउ परेको मध्ये प्रकाश दाहाल रौतामाई गाउँपालिका ७ का वडा सदस्य हुन् । यस्तै गुरागाइँ उच्च मावि उदयपुरगढीका शिक्षक हुन भने श्याम खत्री मावि बोहरीबोटका शिक्षक र सुरज कुमार मगर सोही विद्यालयका लेखापाल हुन् । यस्तै विदुर खत्री भुपु प्रहरी नायव निरीक्षक हुन् ।
           धर्मनाथ दाहालको घरमा जुवा खेलिरहेको भन्ने विशेष सुराकको आधारमा उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले जानकारी दिए । जुवाको खालबाट प्रहरीले नगद ५८ हजार ८ सय ५ रुपैया, १६ थान कौडा, १२ थान मोबाईल र ८ थान मोटरसाईकल समेत बरामद गरिएको छ । जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका सबै जना उपर कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।